कास्कीको माछापुच्छ्रे गाउँपालिकामा ट्रेकिङ जाँदा नेपाली र विदेशीले शुल्क तिनुपर्ने

 कात्तिक १०, २०८० शुक्रबार १९:५:३१ | सागर राज तिमिल्सिना
unn.prixa.net

कास्की – कास्कीको माछापुच्छ्रे गाउँपालिकामा पर्यटकीय पदमार्गहरु भ्रमण गर्दा शुल्क तिनुपर्ने भएको छ । गाउँपालिकाले शुक्रवार आन्तरिक तथा बाह्य पर्यटकलाई शुल्क लगाउने सूचना जारी गरेको हो । स्वदेशी पर्यटकका लागि एक सय र विदेशी पर्यटका लागि पाँच सय रुपैयाँ लाग्ने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गोपी कृष्ण अर्यालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

गाउँपालिकाले पदमार्गमा पूर्वाधार निर्माण तथा व्यवस्थापन गर्न, सूचना केन्द्र स्थापना गर्न, सोलार बत्ती जडान, फोहोर मैला व्यवस्थापन लगायतका काम गर्न पर्यटन सेवा शुल्क लिन लागेको अर्यालले बताए । शुल्क लिने बारे गाउँपालिकाको बैठकले निर्णय गरेको उहाँले बताउनुभयो ।

  

अन्तिम अपडेट: बैशाख २४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सागर राज तिमिल्सिना

कास्कीमा रहेर पत्रकारिता गर्ने सागर उज्यालाेका जिल्ला सहकर्मी हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया