२ सय ५० किलाे गाँजासहित सर्लाहीमा २ जना पक्राउ

 कात्तिक १२, २०८० आइतबार १७:१६:४५ | उज्यालो सहकर्मी
unn.prixa.net

सर्लाही – सर्लाहीको कविलासी नगरपालिका–९ भलुवाहाबाट दुई सय ५० किलो गाँजासहित दुई जना पक्राउ परेका छन् ।

कविलासी नगरपालिका–१० का २८ वर्षीय ट्र्याक्टर चालक भाग्यनारायण महतो र २४ वर्षीय रवीन्द्र रायलाई पक्राउ गरेकाे जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी उपरीक्षक (एसपी) प्रवीण धितालले जानकारी दिनुभयो ।

गए राति ज १ त ५५५१ नम्बरको ट्र्याक्टरमा गाँजा राखेर भारततर्फ लैजाँदै गर्दा इलाका प्रहरी कार्यालय हरिपुरको गस्ती टोलीले उनीहरूलाई पक्राउ गरेकाे हाे । बरामद भएको गाँजाको मूल्य ३० लाख रुपैयाँभन्दा बढी रहेको प्रहरीले जनाएको छ ।

बरामद गरिएको गाँजा सिन्धुली र सर्लाही उत्तरी गाउँबाट बिक्रीका लागि ल्याएको प्रहरीले अनुमान गरेको छ । तस्करहरूले गाँजा प्लास्टिकमा पोका पारेर बिक्रीका लागि तराईको बाटो हुँदै भारतीय बजारमा पठाउने गरेका छन् । गाँजा खरिद गर्न भारतीय व्यापारी किसानको बारीबारीमा पुग्ने गरेका स्थानीयको भनाइ छ ।

अन्तिम अपडेट: बैशाख २७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया