ई–सेवाको कर्मचारी हुँ भन्दै ठगी गर्ने ५ जना पक्राउ

 कात्तिक १२, २०८० आइतबार १९:५३:१९ | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतीकात्मक तस्बिर

काठमाण्डाै – ई–सेवाको आधिकारिक कर्मचारी हुँ भन्दै ठगी गर्ने गिरोहका पाँच जनालाई प्रहरीले पक्राउ गरी आज आइतवार सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेमा रौतहट गौर नगरपालिका–५ बस्ने २६ वर्षीय नवनितकुमार कुसवाहा, २१ वर्षीय कन्हैयाकुमार कुसवाहा, २० वर्षीय अभयकुमार यादव, २१ वर्षीय रितेश कुशवाहा र रौतहट गढिमाई नगरपालिका–६ बस्ने १९ वर्षीय दीपेन्द्रकुमार यादव रहेका काठमाण्डाै उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एवम् प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिनुभयो ।

उहाँका अनुसार पक्राउ परेकाहरूले पीडितहरूलाई विभिन्न मोबाइल नम्बरबाट फोन सम्पर्क गरी आफू ई–सेवाको आधिकारिक कर्मचारी हुँ भन्दै ई–सेवाको आईडी, बैंकिङ खातासँग लिङ्कअप गराई खाता नवीकरण, केवाईसी फारम अपडेट, सिस्टम भेरिफाई आदि गराई ठग्ने गरेको पाइएको छ ।

उनीहरूले सर्वसाधारणको खातामा भएको रकम विभिन्न बैंक खाता तथा वालेटहरूमा ट्रान्सफर लगायत भुक्तानीसमेत गरी १८ जनाबाट १५ लाख रुपैयाँभन्दा बढी रकम ठगी गरेको खुल्न आएको प्रवक्ता रेग्मीले बताउनुभयो । उनीहरूलाई रौतहटका विभिन्न ठाउँबाट जिल्ला प्रहरी कार्यालय रौतहटको समन्वयमा पक्राउ गरी ठगीसम्बन्धी कसुरमा आवश्यक अनुसन्धान एवम् कारबाहीका लागि आज काठमाण्डाै जिल्ला प्रहरी परिसर टेकु पठाइएको उहाँले बताउनुभयो ।

अन्तिम अपडेट: बैशाख ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया