भन्सार छलेर सुनको कारोबार गर्ने ५ जना पक्राउ

 कात्तिक १३, २०८० सोमबार २०:४४:२ | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतीकात्मक तस्बिर

काठमाण्डाै – भन्सार छलेर सुनको कारोबार गर्ने पाँच जनालाई प्रहरीले पक्राउ गरी आज साेमवार सार्वजनिक गरेको छ । उनीहरूलाई काठमाण्डाै उपत्यका अपराध अनुसन्धान कार्यालय मीनभवनको टोलीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा भोजपुर सालपासिलिछो गाउँपालिका–४ बस्ने २४ वर्षीय अमृतधन राई, सुनसरी इनरुवा नगरपालिका–९ बस्ने ४४ वर्षीय नजिर मन्सुर, धनुषा हंसपुर नगरपालिका–८ बस्ने ४९ वर्षीय कारीईसार केवट, खोटाङ रुपाकोट मजुवागढी नगरपालिका–१५ बस्ने २८ वर्षीय अर्जुन भट्टराई र गोरखा गण्डकी गाउँपालिका–२ घर भई हिले काठमाण्डाैकाे बालाजु बस्ने ३० वर्षीय अनिष थापा रहेका काठमाण्डाै उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एवम् प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिनुभयो ।

उहाँका अनुसार कतार एअरको उडानमार्फत नेपाल आउने केही व्यक्तिहरूले भन्सार छलेर सुन ल्याई कारोबार गर्ने गरेको भन्ने गोप्य सूचनाका आधारमा काठमाण्डाै सिनामङ्गलबाट उनीहरूलाई पक्राउ गरिएको हो । 

उनीहरूको साथबाट प्रहरीले २६ लाख ५१ हजार आठ सय पाँच रुपैयाँ बराबरको तीन थान सुनको ढिक्का (दुई सय १४ दशमलव ३६ ग्राम), तीन थान सुनका सिक्री (५० दशमलव .०१ ग्राम) र एक लाख १० हजार रुपैयाँ बरामद गरेको थियो । उनीहरूलाई भन्सार ऐन २०६४ अन्तर्गतको कसुरमा आवश्यक अनुसन्धान कारबाहीका लागि आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय गौचरनमा पठाइएको प्रवक्ता रेग्मीले बताउनुभयो ।

अन्तिम अपडेट: जेठ १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया