नेपालका हिमाल र हिमनदी जोगाउन सक्दाे प्रयास गर्छु : गुटेरेस

 कात्तिक १४, २०८० मंगलबार ११:२५:२८ | सागर राज तिमिल्सिना
unn.prixa.net

तस्बिर : रासस

कास्की - संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टोनियो गुटेरेसले जलवायु परिवर्तनको असर कम गर्दै हिमाल र हिमनदी जोगाउनुपर्ने बताउनु भएकाे छ । 

पोखरा विमानस्थलमा आज पत्रकारसँग कुराकानी गर्दै उहाँले जलवायु परिवर्तनका कारण पीडित बनेका नेपाल र नेपालजस्ता अन्य देशहरूलाई सहयोग गर्न आवश्यक रहेको बताउनु भएकाे हाे। 

अन्नपूर्ण बेसक्याम्पबाट फर्केपछि उहाँले जलवायु परिवर्तनका कारण धेरै भागहरूमा भूस्खलन भएकाे बताउनु भयाे । उहाँले अन्तर्राष्ट्रिय समुदायलाई पीडित समुदायको रक्षा गर्न र जलवायु अनुकूलनको लागि अपिल गर्ने बताउनु भयाे ।

जलवायु परिवर्तनको असरलाई कम गर्न प्रभावकारी ऐक्यबद्धता आवश्यक रहेको उहाँकाे भनाइ छ । उहाँले अन्नपूर्ण बेसक्याम्पमा पुगेर जलवायु परिवर्तनको असरबारे प्रत्यक्ष अवलाेकन गर्दै स्थानीयसँग कुरा गर्नुभएकाे थियाे । स्थानीयसँग जलवायु परिवर्तनको असरबारे करिब २० मिनेट छलफल भएकाे थियाे । स्थानीयले आफूहरूले भोगेका समस्या गुटेरेसलाई सुनाएका थिए ।

उहाँले  पाेखरा पुम्दीकोटमा रहेकाे विशाल शिव मन्दिरको अवलोकन गर्नुभयाे भने फेवातालमा डुङ्गा चढ्नुभयाे । गुटेरेस पोखराबाट लुम्बिनीतर्फ लाग्नुभएकाे छ । उहाँले आजै संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्ने कार्यतालिका छ ।

गुटेरेसलाई गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य लगायतले पोखराबाट बिदाइ गर्नुभएकाे हाे । 

अन्तिम अपडेट: बैशाख २४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सागर राज तिमिल्सिना

कास्कीमा रहेर पत्रकारिता गर्ने सागर उज्यालाेका जिल्ला सहकर्मी हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया