जुवातास खेल्ने ४६ जना पक्राउ, ३ लाख ३१ हजार रुपैयाँ बरामद

 कात्तिक १४, २०८० मंगलबार २०:१५:२५ | रासस
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै – जुवातास खेलिरहेकाे अवस्थामा प्रहरीले विभिन्न ठाउँबाट ४६ जनालाई पक्राउ गरेकाे छ । प्रहरीले उनीहरूकाे साथबाट तीन लाख ३१ हजार आठ सय रुपैयाँ बरामद गरेकाे छ ।

काठमाण्डाै महानगरपालिका–२६ सामाखुसी टाउन प्लानिङ बस्ने अप्सरा मल्लको घरमा जुवातास खेलिरहेको अवस्थामा म्याग्दी घोरेपानी घर भई अहिले काठमाण्डाै बूढानीलकण्ठ नगरपालिका नारायणथान बस्ने २६ वर्षीया यमकुमारी पुनसमेत आठ जनालाई सोमवार बेलुकी प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त महाराजगञ्जबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई एक लाख ९९ हजार रुपैयाँ र तीन बुक ताससहित पक्राउ गरेको हो ।

यसैगरी काठमाण्डाै तारकेश्वर नगरपालिका–८ जरङ्खु बस्ने नुवाकोट किस्पाङ्ग गाउँपालिका–२ घर भएका ३९ वर्षीय पूर्णबहादुर रानाको खाजा घरभित्र जुवातास खेलिरहेको अवस्थामा रानासमेत आठ जनालाई सोमवार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जुवा खेलिरहेको भन्ने सूचनाको आधारमा खटिएको प्रहरी टोलीले उनीहरूलाई १९ हजार पाँच सय रुपैयाँ र तीन बुक ताससहित पक्राउ गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

बाँके कोहलपुर नगरपालिका–३ मदनचोक बस्ने विष्णु खरेलको घरमा जुवातास खेलिरहेको अवस्थामा त्यही नगरपालिका–४ बस्ने ४१ वर्षीय दीपककुमार ढकालसमेत पाँच जनालाई सोमवार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई ३५ हजार नौ सय ५५ रुपैयाँ र २५ गड्डी ताससहित पक्राउ गरेको हो ।

धादिङ नीलकण्ठ नगरपालिका–३ एमाले चोक नजिक बस्ने आशीष श्रेष्ठको घरमा जुवातास खेलिरहेको अवस्थामा त्यही ठाउँ बस्ने ३८ वर्षीय ईश्वर खतिवडा समेत छ जनालाई सोमवार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय धादिङबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई ४२ हजार आठ सय २५ रुपैयाँ र तीन बुक ताससहित पक्राउ गरेको हो ।

तेह्रथुम लालीगुँरास नगरपालिका–२ प्रगति टोल बस्ने ३८ वर्षीय वीरबहादुर गुरुङको घरमा जुवातास खेलिरहेको अवस्थामा गुरुङसमेत १२ जनालाई सोमवार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय वसन्तपुरबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई ९५ हजार रुपैयाँ र तीन बुक ताससहित पक्राउ गरेको हो ।

कञ्चनपुर बेलौरी नगरपालिका–७ फगतपुरमा रहेकाे राजु चौधरीको नास्ता पसलमा जुवातास खेलिरहेको अवस्थामा चौधरीसमेत सात जनालाई मङ्गलवार बिहान प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई ११ हजार पाँच सय ८० रुपैयाँ र एक बुक ताससहित पक्राउ गरेको हो ।

अन्तिम अपडेट: जेठ २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया