पोखरा महानगरले जाजरकोट पठायो राहत टोली, ५० लाख रुपैयाँ राहतकाे घोषणा

 कात्तिक १८, २०८० शनिबार १९:४५:१८ | सागर राज तिमिल्सिना
unn.prixa.net

कास्की – पोखरा महानगरपालिकाको टोली राहत लिएर जाजरकोटका लागि हिँडेको छ । महानगरबाट दुई जना वडाध्यक्ष सहित १७ जना उद्धार टोली राहत लिएर जाजरकोट हिँडेको पोखरा महानगरपालिकाका मयेर धनराज आचार्यले जानकारी गराउनुभयो ।

टोलीमा वडा नम्बर १ का अध्यक्ष सहारा प्रधान र ७ का अध्यक्ष राममोहन आचार्य हुनुहुन्छ । महानगरपालिकाका जनप्रतिनिधिहरुको एक महिनाको पारिश्रमिक पनि राहत स्वरूप सहयोग गर्ने घोषणा गरिएको छ । अहिले त्रिपाल, लत्ताकपडा, ब्ल्याङ्केट र औषधि लिएर टोली हिँडेको उहाँले जानकारी दिनुभयो ।

मेयर, उपमेयर लगायत वडाध्यक्ष र कार्यपालिका सदस्यको एक महिनाको तलबबाट शोधभर्ना हुने गरी १३ लाख १५ हजार बराबरको सामग्री पठाइएको आचार्यले बताउनु भयो । पोखरा महानगरपालिकाले ५० लाख रुपैयाँ राहत दिने घोषणा पनि गरेको छ ।

अन्तिम अपडेट: बैशाख २४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सागर राज तिमिल्सिना

कास्कीमा रहेर पत्रकारिता गर्ने सागर उज्यालाेका जिल्ला सहकर्मी हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया