गण्डकीले भूकम्प पीडितलाई सहयाेगका लागि कर्णाली प्रदेशलाई १ करोड रुपैयाँ दिने

 कात्तिक १९, २०८० आइतबार ११:२५:४७ | सागर राज तिमिल्सिना
unn.prixa.net

कास्की - गण्डकी प्रदेशले जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पका प्रभावितहरुलाई सहयोग गर्न कर्णाली प्रदेश सरकारलाई १ करोड रुपैयाँ उपलब्ध गराउने भएको छ ।

आइतवार बिहान बसेको मन्त्रिपरिषद्को बैठकले भूकम्प पीडितको खोज, उद्धार तथा राहतका लागि गण्डकी प्रदेश सरकारको तर्फबाट कर्णाली प्रदेश सरकारलाई एक करोड रुपैयाँ सहयोग गर्ने निणर्य गरेको हो ।

‘भूकम्पले कर्णाली प्रदेशमा ठूलो मानवीय र भौतिक क्षति भयो, एउटा प्रदेशका नागरिकलाई विपद् पर्दा अर्कोले सहयोग गर्नुपर्छ भनेर हामीले एक करोड रुपैयाँ दिने निर्णय गरेका हौँ’ गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले भने ।

शुक्रवार राति भूकम्प गएको र शनिवार बिहानै भूकम्प प्रभावितको उद्धार र उपचारमा प्रदेश सरकारले औषधिसहित विशेषज्ञ चिकित्सकको टोली पठाइएको मुख्यमन्त्री पाण्डेले बताउनु भयाे । ‘स्वास्थ्यकर्मीसहितको टोली भूकम्प प्रभावित क्षेत्रमा पुगेर घाइतेकाे उपचारमा खटिएका छन्’ उहाँले भन्नुभयाे ‘हामीले हाम्रो तर्फबाट सक्दो सहयोग गरिरहेका छौँ ।’

मन्त्रिपरिषद् बैठकले भूकम्पका कारणले ज्यान गुमाएका कर्णालीवासी नागरिकप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै शोक सन्तप्त परिवारजनमा गहिरो समवेदन र घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना समेत गरेको छ।

भूकम्प पीडितको उद्धार र उपचारमा गण्डकी प्रदेश सरकारले औषधिसहित विशेषज्ञ चिकित्सकको टोली शनिवार नै कर्णाली प्रदेशको भूकम्प प्रभावित क्षेत्रमा पठाएको थियो।

अन्तिम अपडेट: बैशाख २३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सागर राज तिमिल्सिना

कास्कीमा रहेर पत्रकारिता गर्ने सागर उज्यालाेका जिल्ला सहकर्मी हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया