घोराही उपमहानगरले भूकम्प पीडितलाई १५ लाख रुपैयाँ सहयोग गर्ने

 कात्तिक २०, २०८० सोमबार ८:२८:५५ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

दाङ - घोराही उपमहानगरपालिकाले जाजरकोट र रुकुम पश्चिमका भूकम्प पीडितका लागि १५ लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ । 

आइतवार बसेको नगर कार्यपालिका बैठकले जनप्रतिनिधि, शिक्षक, स्वास्थ्यकर्मी र प्रशासनिकतर्फका कर्मचारी गरी एक हजार तीन सय ६६ जनाको एक दिनको तलब कटाएर भूकम्प पीडितलाई प्रदान गर्न लागेको हो ।  

अन्तिम अपडेट: फागुन १३, २०८०

तपाईको प्रतिक्रिया