भूकम्प प्रभावित क्षेत्रका लागि सानिमा बैंकद्वारा २५ लाख रुपैयाँ सहयोगको प्रतिबद्धता

 कात्तिक २०, २०८० सोमबार १४:५३:२६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – सानिमा बैंकले भूकम्प पीडितलाई २५ लाख रुपैयाँ सहयाेग गर्ने प्रतिबद्धता जनाएकाे छ ।

जाजरकोट तथा रुकुम पश्चिमका भूकम्प पीडितलाई सहयोगस्वरूप प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा २५ लाख रुपैयाँ सहयाेग गर्ने बैंकले जनाएकाे हाे । संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत याे रकम सहयाेग गर्न लागेकाे विज्ञप्तिमा उल्लेख छ ।

यस्तै बैंकले भूकम्पका कारण ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना तथा घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना पनि गरेकाे छ ।

अन्तिम अपडेट: साउन ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया