जाजरकाेटकाे रामीडाँडा केन्द्रविन्दु भएर फेरि भूकम्प गयाे

 कात्तिक २०, २०८० सोमबार १६:५९:५४ | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतीकात्मक तस्बिर

काठमाण्डाै – जाजरकोटमा फेरि भूकम्प गएको छ । आज साेमवार दिउँसो ४ बजेर ३१ मिनेटमा जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर ५ दशमलव ८ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

भूकम्पपछि मानिसहरू घरबाहिर निस्किएका छन् । बजारमा मानिसहरू चौतारामा जम्मा भएका छन् । गएको शुक्रवार राति जाजरकोटमै केन्द्रविन्दु भएर गएको भूकम्पका कारण जाजरकोट र रुकुम पश्चिममा गरेर १ सय ५३ जनाको ज्यान गएको छ ।

अन्तिम अपडेट: फागुन १३, २०८०

तपाईको प्रतिक्रिया