चीनले दिएका सहायता सामग्री बोकेका कन्टेनर नेपाल प्रवेश

 कात्तिक २०, २०८० सोमबार १८:४४:५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – जाजरकोट भूकम्प पीडितका लागि चीनले दिएका सहायता सामग्री बोकेका कन्टेनर रसुवागढी नाकाबाट नेपाल प्रवेश गरेका छन् ।

दुई हजार तीन सय वटा टेन्ट, दुई हजार वटा कम्बल, सात सय वटा त्रिपाल र पाँच सय वटा स्प्रेयरसहितका सामग्री नेपाल भित्रिएका नेपालका लागि चीनका राजदूत छन सङले बताउनुभएको छ । यी सामग्री काठमाण्डौ नल्याई सिधै जाजरकोट र रुकुम पश्चिम पठाइनेछ । थप सामग्री आउने क्रममा रहेको पनि राजजूत सङले बताउनुभएको छ ।

चीनले नेपाललाई १० करोड रुपैयाँ बराबरका सहायता सामग्री दिने घोषणा गरेको छ ।

अन्तिम अपडेट: जेठ ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया