वैदेशिक रोजगारीका लागि इस्टोनिया पठाइदिन्छु भन्दै ३४ लाख रुपैयाँ ठगी गर्ने पक्राउ

 कात्तिक २३, २०८० बिहिबार १७:३१:८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – वैदेशिक रोजगारीका लागि इस्टोनिया पठाइदिने भन्दै ३४ लाख १३ हजार रकम ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा गोरखा जिल्ला पृथ्वीनारायण नगरपालिका–६ घर भइ अहिले काठमाण्डौकाे तारकेश्वर नगरपालिका–१ बस्ने ३५ वर्षीय राजेश श्रेष्ठ भएकाे काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता तथा प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिनुभयो ।

उहाँका अनुसार श्रेष्ठले जनक बराल समेत पाँच जनालाई वैदेशिक रोजगारीको लागि इस्टोनिया पठाइदिने भन्दै प्रतिव्यक्ति सात लाख रुपैयाँ लाग्ने भन्दै ठगी गरेको प्रहरीले जनाएको छ ।

श्रेष्ठले इस्टोनिया पुगेपछि सुपर मार्केटमा स्टोर किपर काम लगाइदिने र त्यहाँ तलब मासिक एक लाख पचास हजार रुपैयाँ हुन्छ भनी विश्वास दिलाइ प्रलोभनमा पारी पीडितहरुबाट पटकपटक गरी जम्मा ३४ लाख १३ हजार रकम लिइ सम्पर्क विहीन भइ ठगी गरेको उजुरीका आधारमा प्रहरीले बुधवार नयाँबानेश्वरबाट पक्राउ गरी सार्वजनिक गरेको हो । 

पक्राउ परेका श्रेष्ठलाई थप अनुसन्धान तथा कारबाहीको लागि आजै वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको पनि प्रवक्ता तथा प्रहरी उपरीक्षक रेग्मीले बताउनुभयो ।

अन्तिम अपडेट: बैशाख ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया