जाजरकोट भूकम्प : ६२ हजारभन्दा बढी परिवार घरबासविहीन

 कात्तिक २४, २०८० शुक्रबार १७:५१:५१ | उज्यालो सहकर्मी
unn.prixa.net

भूकम्पका कारण भत्किएको घारबाट सामान निकाल्दै भेरी नगरपालिका–३ पिपलडाँडाका स्थानीय । तस्बिर : रासस

काठमाण्डाै – गएको शुक्रवार राति जाजरकोट केन्द्रविन्दु भएर गएको ६ दशमलव ४ रेक्टर स्केलको भूकम्पका कारण ६२ हजार १२ परिवार घरबासविहीन भएका छन् ।

गृह मन्त्रालयले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार १३ वटा जिल्लामा गरी २६ हजार पाँच सय ५७ घर पूर्णरूपमा र ३५ हजार चार सय ५५ घर आंशिकरूपमा भत्किएका हुन् । सबैभन्दा धेरै रुकुम पश्चिममा १६ हजार पाँच सय ७० घर पूर्ण र नौ हजार नाै सय ६१ घर आंशिकरूपमा भत्किएका छन् ।

यस्तै जाजरकोटमा नौ हजार सात सय ९४ घर पूर्ण र २४ हजार सात सय सात घर आंशिकरूपमा भत्किएका छन् । सल्यानमा एक सय ५१ घर पूर्ण र पाँच सय १२ घर आंशिकरूपमा भत्किएका छन् । यसैगरी रुकुम पूर्व, नवलपरासी पूर्व, दैलेख, दाङ, बैतडी, जुम्ला, कालीकोट, प्युठान र अछाममा पनि घर भत्किएका छन् ।

भूकम्पका कारण जाजरकोटमा एक सय एक जना र रुकुम पश्चिममा ५३ जना गरी एक सय ५४ जनाको ज्यान गएको गृह मन्त्रालयले जनाएको छ । भूकम्पका कारण तीन सय ६३ जना घाइते भएका छन् । घाइतेहरूको देशका विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

अन्तिम अपडेट: साउन ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया