पुनर्निर्माण कुरेर बसेका काठमाण्डाै उपत्यकाभित्रका भूकम्पबाट क्षतिग्रस्त संरचना (फोटोफिचर)

 कात्तिक २५, २०८० शनिबार ११:२६:५ | न्युज एजेन्सी नेपाल
unn.prixa.net

काठमाण्डाै - जाजरकोटको बारेकोट रामीडाँडा केन्द्रबिन्दु भएर गएकाे ६ दशमलव ४ रेक्टरस्केलको भूकम्पले जाजरकाेट र रुकुम पश्चिममा ठूलो जनधनको क्षति भयाे।

भूकम्पबाट दुई जिल्लामा गरी १ सय ५४ जनाकाे ज्यान गयाे । जाजरकोट, रुकुमपश्चिमसहित १३ वटा जिल्लामा २६ हजार ५ सय ५७ घरमा पूर्ण र ३५ हजार ४ सय ५५ घरमा आंशिकरुपमा क्षति पुग्याे । 

२०७२ सालमा गएको महाभूकम्पबाट क्षति पुगेका संरचना, सांस्कृतिक र ऐतिहासिक धरोहरकाे पुनर्निर्माणकाे काम सम्पन्न नहुँदै नेपालमा फेरि भूकम्पले ठूलाे क्षति पुर्याएकाे छ ।

सरकारले आवश्यक चासो र चिन्ता नदेखाउँदा यी संरचनाहरु भग्नावशेषका रुपमा मेटिँदै गएका छन् । काठमाण्डाैकाे वसन्तपुर क्षेत्रका कतिपय निजी भवन, सांस्कृतिक सम्पदाहरुकाे पुनःनिर्माण शुरु समेत भएकाे छैन ।

२०७२ सालको महाभूकम्पको भग्नावशेषहरु काठमाण्डाै उपत्यका वरपर यत्रतत्र फेला पर्छन् । २०७२ सालको भूकम्पबाट बटुलेका अनुभवलाई ८ वर्षसम्म व्यवहारमा नउतार्दा अहिले पश्चिम नेपालमा ठूलो क्षति भएको छ । अझै पनि विज्ञहरुले पश्चिम नेपालमा ठूलो भूकम्पको जोखिम रहेको चेतावनी दिइरहेका छन् । अब बेलैमा पुनःनिर्माण नगर्ने र पूर्वतयारीकासाथ नबस्ने हो भने भविष्यमा पुनः अहिलेको क्षति दोहोरिने निश्चितप्रायः छ ।

आजको फोटो फिचरमा पुनर्निर्माणकाे पर्खाइमा रहेका भूकम्पबाट क्षतिग्रस्त संरुचनाहरु ।

तस्बिर : न्युज एजेन्सी नेपाल

अन्तिम अपडेट: बैशाख १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया