पोखराको सेती नदीमा एक अर्ब रुपैयाँको लागतमा सिग्नेचर पुल निमार्ण शुरु

 कात्तिक २५, २०८० शनिबार १४:२४:३३ | सागर राज तिमिल्सिना
unn.prixa.net

कास्की – पोखराको सेती नदीमा बन्ने सिग्नेचर पुलको भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले शिलान्यास गर्नुभएको छ । पृथ्वी राजमार्ग अन्तर्गत पर्ने पुल निर्माण कार्य २०८२ भदौ २१ गते भित्र सम्पन्न गर्ने गरी रसुवा कन्स्ट्रक्सन प्रालिले ठेक्का पाएको छ ।

मन्त्री ज्वालाले विकास निर्माणका काम समयमा सम्पन्न नहुने समस्यालाई चिर्दै समयमै पुल निर्माण सम्पन्न गर्न निर्माण कम्पनीलाई निर्देशन दिनुभयो । उहाँले मन्त्रालय, स्थानीय सरकारबाट यसका लागि आवश्यक सहयोग हुने बताउनुभयो ।

मुग्लिन–पोखरा राजमार्ग सुधारको पहिलो चरणको  योजना अन्तर्गत पुल निर्माण शुरु गरिएको हो । सेती नदीमा अहिले रहेको पुलको दायाँ बायाँ दुई/दुई लेनका दुई वटा पुल बन्ने सडक विभागका महानिर्देशक सुशीलबाबु ढकालले जानकारी दिनुभयो । राजमार्ग ६ लेनमा विस्तार हुँदैछ त्यसै अनुसार सेती नदीमा पनि छ लेनको पुल बन्ने महानिर्देशक ढकालले बताए ।

निर्माण कम्पनी रसुवा कन्स्ट्रक्सनका साइट इन्जिनियर सुदर्शन देवकोटाले तोकिएको समय भित्र पुल निर्माण सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गनुभयो । उहाँले निर्माण स्थलमा भएका भौतिक संरचना हटाइ साइट क्लियर गरिदिन पनि आग्रह गनुभयो ।

‘केबल–स्टेड’ प्रविधिका दुवै पुलको लम्बाइ १९०/१९० मिटर रहने छ । २०७९ साउनमा ठेक्का सम्झौता भए पनि डिजाइन स्वीकृत गर्न र निर्माणस्थल क्लियर नहुँदा ढिलो गरी काम शुरु भएको देवकोटाले बताउनुभयो । 

पुलको लागत भ्याट सहित १ अर्ब ७ करोड रहेको छ । एसियाली विकास बैंकको आर्थिक सहयोगमा राजमार्ग स्तरोन्नतिको काम दुई खण्डमा विभाजन गरेर निर्माण भइरहेको छ । राजमार्ग स्तरोन्नतिको काम भने निकै सुस्त गतिमा भइरहेको छ ।

पुल निर्माणको कार्य २०८१ भदौ २१ गते भित्र सम्पन्न गर्ने गरी रसुवा कन्स्ट्रक्सन प्रालिले ठेक्का पाएको छ । अहिले भइरहेको पुलको दायाँबायाँ एक–एक वटा पुल निर्माण हुनेछ । 

अन्तिम अपडेट: बैशाख २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सागर राज तिमिल्सिना

कास्कीमा रहेर पत्रकारिता गर्ने सागर उज्यालाेका जिल्ला सहकर्मी हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया