जुवा खेलिरहेका १७ जना साँखुबाट पक्राउ

 कात्तिक २८, २०८० मंगलबार १६:११:५२ | रासस
unn.prixa.net

प्रतीकात्मक तस्बिर

काठमाण्डाै – जिल्ला प्रहरी परिसर काठमाण्डाै मातहतको स्वयम्भू र साँखुबाट खटिएको प्रहरी टोलीले ठूलो सङ्ख्यामा जुवा खेलिरहेका व्यक्तिहरूलाई पक्राउ गरेको छ । प्रहरी वृत्त स्वयम्भूले त्यस क्षेत्रको जुवा खालबाट आज मङ्गलवार चार लाख रुपैयाँ तथा कौडा र ताससहित उनीहरूलाई पक्राउ गरेको हो । 

जिल्ला प्रहरी परिसर काठमाण्डाैका प्रवक्ता कुमोध ढुङ्गानाका अनुसार साँखु प्रहरी प्रभागबाट खटिएको टोलीले शङ्खरापुर नगरपालिका–१ नाङलेभारेको दुई ठाउँबाट १७ जनालाई पक्राउ गरी कारबाही अघि बढाइएको छ । उनीहरूको साथबाट एक लाख १७ हजार रुपैयाँ बरामद भएको उहाँले बताउनुभयो ।

यसैबीच तिहार लक्षित सुरक्षा योजनाअनुरूप जाँड–रक्सी खाएर गाडी चलाउँदा हुनसक्ने दूर्घटना न्यून गर्न पूर्वनिर्धारित कार्ययोजनाअनुरूप जाँच भइरहेको उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता राजेन्द्रप्रसाद भट्टले जानकारी दिनुभयो ।

अन्तिम अपडेट: बैशाख २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया