पोखरामा धारिलाे हतियार खुर्पा प्रहार गरी छोराद्वारा बाबुको हत्या

 कात्तिक २९, २०८० बुधबार ११:४४:१६ | सागर राज तिमिल्सिना
unn.prixa.net

कास्की – पोखरा महानगरपालिका वडा नम्बर १७ बिरौटा गोधुली संसार पथमा छोराले धारिलो हतियार खुर्पा प्रहार गर्दा बाबुको ज्यान गएको छ । हिजो दिउँसो २२ वर्षीय रविन क्षेत्रीले खुर्पा प्रहार गर्दा ५२ वर्षीय रामु क्षेत्रीको ज्यान गएको हो ।

रविन क्षेत्रीले खुर्पा प्रहार गरी बाबुको हत्या गरेको कास्कीका प्रहरी प्रवक्ता श्रवण विकले जानकारी दिनुभयो । खुर्पा प्रहार गरी घाइते बाबुको चरक मेमोरियल अस्पताल पोखरामा उपचारका क्रममा ज्यान गएको हो । 

बाबुको हत्या गरी फरार भएका रविनलाई जिल्ला प्रहरी कार्यालयले अन्य जिल्लामा हुलिया, फोटो सहितको खोजतलासको सूचना जारी गरेको थियो । त्यसकै आधारमा पाल्पा प्रहरीले पाल्पाको प्रभासमा ग२०प ६०४७ नम्बरको मोटर साइकल सहित नियन्त्रण लिएको प्रहरीले बताएको छ । 

अन्तिम अपडेट: बैशाख २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सागर राज तिमिल्सिना

कास्कीमा रहेर पत्रकारिता गर्ने सागर उज्यालाेका जिल्ला सहकर्मी हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया