पाेखरामा विदेशी पर्यटकले भाइटीका लगाए, देउसी भैलाे पनि खेले

 कात्तिक २९, २०८० बुधबार १९:३०:२२ | सागर राज तिमिल्सिना
unn.prixa.net

कास्की – होटल सङ्घ नेपाल पोखराको आयोजनामा पोखरामा विदेशी पर्यटकले भाइटीका लगाएका छन् ।

होटल सङ्घ नेपाल पोखराको आयोजनामा भएकाे १६ औँ भाइटीका महोत्सवमा उल्लेख्य पर्यटक सहभागी भएका छन् ।  निधारमा टीका र गलामा माला लगाउन पाउँदा उनीहरू मख्ख देखिए । यस वर्षकाे भाइटीका महोत्सवमा १६ वटा देशका ६८ जना पर्यटकले भाग लिएका महोत्सवकी संयोजक पार्वती पाण्डेले जानकारी दिनुभयाे ।

भाइटीका लगाउन पाउँदा नाैलाे अनुभूति भएकाे पर्यटकले बताए । याे पर्व निकै मन परेकाे उनीहरूकाे प्रतिक्रिया थियाे । उनीहरू एकअर्काकाे निधार हेरेर दङ्ग परेका थिए । पहिलो पटक नेपाल आउँदा यस्तो वातावरण पाएकाेमा खुशी लागेकाे उनीहरूकाे भनाइ थियाे ।

पोखराको रेन्वो चिल्ड्रन होमका बालिकाहरूले पर्यटकलाई टीका लगाइदिएका हुन् । उनीहरूले पर्यटकलाई नेपाली परम्पराअनुसार टीका लगाएर उपहार दिएका थिए भने पर्यटकले पनि बालिकाहरूलाई दक्षिणा दिएका थिए । पर्यटकले देउसी भैलो र सांस्कृतिक कार्यक्रममा पनि भरपूर मनोरञ्जन लिए । नेपाली संस्कृति पर्वकाे बारेमा जानकारी दिन कार्यक्रम सफल रहेको होटल सङ्घ नेपाल पोखराका अध्यक्ष लक्ष्मण सुवेदीले बताउनुभयाे ।

पर्यटकलाई टीका लगाइदिएपछि सेलरोटी र अन्य परिकार दिइएको थियाे । अमेरिका, अस्ट्रेलिया, चीन, नेदरल्यान्ड्स, जर्मनी, फ्रान्स, स्पेन, बुल्गेरिया, स्पेन, स्विट्जरल्यान्ड, बेलायत, ब्राजिल लगायतका देशका पर्यटकले महोत्सवमा टीका लगाएका हुन् ।

कला र संस्कृतिको माध्यमबाट पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यका साथ भाइटीका महोत्सव हुँदै आएको छ । नेपाली कला र संस्कृतिको संरक्षण गर्ने र यसैका माध्यमबाट पर्यटकलाई आकर्षित गरी देशको पर्यटन प्रवर्द्धन गर्ने अभियानले सकारात्मक प्रभाव पारेको आयाेजककाे भनाइ छ ।

अन्तिम अपडेट: बैशाख २३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सागर राज तिमिल्सिना

कास्कीमा रहेर पत्रकारिता गर्ने सागर उज्यालाेका जिल्ला सहकर्मी हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया