भूकम्पमा ज्यान गुमाएका व्यक्तिकाे सम्झनामा खलङ्गामा दीप प्रज्वलन

 कात्तिक २९, २०८० बुधबार २०:३५:१९ | उज्यालो सहकर्मी
unn.prixa.net

जाजरकाेट – जाजरकाेट केन्द्रविन्दु भएर कात्तिक १७ गते गएकाे भूकम्पमा परि ज्यान गुमाएकाे व्यक्तिकाे सम्झनामा सदरमुकाम खलङ्गाकाे ठाँटी बजारमा दीप प्रज्वलन गरिएकाे छ । आज बुधवार नागरिक समाज जाजरकाेटकाे आयाेजनामा दीप प्रज्वलन कार्यक्रम भएकाे हाे ।

प्रमुख जिल्ला अधिकारी सुरेश सुनार र सप्तरीमा कार्यरत जाजरकाेटका मुख्य न्यायाधीश हेमन्त रावलले कार्यक्रमकाे शुभारम्भ गर्नुभयाे । त्यसपछि उपस्थित आफन्त तथा स्थानीयले गरी दुई सय ५६ वटा मैनबत्ती बालिएकाे थियाे । मृतकका फाेटाेमा पुष्प गुच्छासमेत चढाइएकाे थियाे ।

यही कात्तिक १७ गते राति रामिडाँडा केन्द्रविन्दु भएर गएको ६ दशमलव ४ रेक्टर स्केलको भूकम्पमा परि जाजरकोटमा १ सय ५ जना र रुकुम पश्चिममा ५२ जनाकाे ज्यान गएकाे थियाे ।

अन्तिम अपडेट: फागुन १५, २०८०

तपाईको प्रतिक्रिया