नेपालगञ्जको बोरा गोदाममा आगलागी

 कात्तिक ३०, २०८० बिहिबार ७:३१:३१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – नेपालगञ्जको एक बोरा गोदाममा भीषण आगलागी भएको छ । नेपालगञ्ज उपमहानगरपालिका–१ धम्बोझीमा रहेको एसके ट्रेडिङको बोरा गोदाममा आगलागी भएको हो । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता प्रहरी नायब उपरीक्षक नारायण डाँगीका अनुसार आगलागीबाट गोदाममा रहेका सम्पूर्ण बोरालगायतका सामग्री जलेर नष्ट भएको छ ।

आगलागीबाट करिब ४० लाख रुपैयाँ बराबरको क्षति भएको ट्रेडिङका सञ्चालक सुरेशकुमार शाहले बताउनुभयो । यस्तै, झापाको दमकमा हिजो बिहान आगलागी हुँदा २ घरसहित ग्वाली जलेर नष्ट भएको छ । बुधबार बिहानको समयमा दमक ३ का मनबहादुर बोहोरा र शर्मिला कार्कीको घरमा आगलागी भएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।

आगलागीमा परेर बोहोराको ग्वालीमा बाँधेको ४ वटा बाख्रा पनि जलेर मरेका छन् । आगलागीबाट नगद २ लाख २४ हजार, ५ तोला सुनलगायत घरमा रहेको भौतिक संरचनासहित करिब ४० लाख बराबरको क्षति भएको बताइएको छ । घरसहित अन्नपात सबै जलेपछि पीडित परिवार छिमेकीकोमा बसेका छन् ।

अन्तिम अपडेट: जेठ १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया