चीनको साङ्सी प्रान्तकाे एक भवनमा आगलागी हुँदा ११ जनाको ज्यान गयो

 कात्तिक ३०, २०८० बिहिबार १३:२८:३२ | एजेन्सी
unn.prixa.net

काठमाण्डौ – उत्तरी चीनको साङ्सी प्रान्तमा बिहीवार एउटा भवनमा आगलागी हुँदा ११ जनाको ज्यान गएको छ । र, घाइते ५१ जनालाई अस्पताल पुर्‍याइएको सरकारी सञ्चारमाध्यमले बताएको छ ।

लुलियाङ सहरको लिसी जिल्लामा रहेको योङ्ग्जु कोइला कम्पनीको चार तले भवनमा स्थानीय समयअनुसार बिहान ६ बजेर ५० मिनेट जाँदा आगलागी भएको स्थानीय अधिकारीहरूलाई उद्धृत गर्दै सिसिटिभीले जनाएको छ ।

‘एघार जनाको ज्यान गएको पुष्टि भएको छ, हताहत हुनेको निश्चित सङ्ख्या गणना भइरहेको छ,’ सिसिटिभीले भनेको छ, ‘अहिलेसम्म ६४ जनालाई बाहिर निकालि सकिएको छ, तीमध्ये ५१ जनालाई उपचारका लागि लुलियाङ फर्स्ट पिपुल्स अस्पतालमा पठाइएको छ । उद्धार कार्य जारी छ र कसरी आगलागी भयो भन्नेबारे अनुसन्धान भइरहेको छ ।’

सामाजिक सञ्जाल साइट विबोमा पोस्ट गरिएको भिडियो फुटेजमा भवनबाट आगोको ज्वाला र कालो धुवाँ निस्किरहेको र दर्जनौँ मानिस पार्किङमा उभिएर हेरिरहेको देखाइएको छ । भिडियोमा देखाइएको भवन कम्पनीको वेबसाइटमा पोस्ट गरिएको मुख्यालयको तस्बिरसँग मेल खान्छ ।

चीनमा लापरवाहीपूर्ण सुरक्षा मापदण्ड र कमजोर कार्यान्वयनका कारण औद्योगिक दुर्घटना भइरहन्छन् । जुलाईमा उत्तरपूर्वी एक स्कुल जिमको छत भत्किँदा ११ जनाको ज्यान गएको थियो । एक महिनाअघि उत्तरपश्चिमी चीनमा एउटा बारबेक्यु रेस्टुरेन्टमा भएको विस्फोटमा ३१ जनाको ज्यान गएको थियो । अप्रिलमा बेइजिङमा एउटा अस्पतालमा आगलागी हुँदा २९ जनाको ज्यान गएको थियो।

यस्तै सबैभन्दा नराम्रो दुर्घटनामध्येको एक सन् २०१५ मा तियानजिनमा भएको थियो । तियानजिनमा एक रासायनिक गोदाममा विस्फोट हुँदा कम्तीमा एक सय ६५ जनाको ज्यान गएको थियो । 

अन्तिम अपडेट: बैशाख ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया