लेखनाथको दृष्टिविहीन आश्रममा आगलागी, ७५ लाख रुपैयाँ बराबरकाे क्षति

 कात्तिक ३०, २०८० बिहिबार १९:३३:५१ | उज्यालो सहकर्मी
unn.prixa.net

कास्की – पोखरा महानगरपालिका–२९ लेखनाथको घोतघोतेमा रहेको दृष्टिविहीन आश्रममा आगलागी भएको छ । आगलागीबाट झन्डै ७५ लाख रुपैयाँ बराबरको सामान नष्ट भएकाे छ । आगलागीबाट पाँच काेठे घर ध्वस्त भएको छ ।

बुधवार बेलुकी आश्रममा आगलागी भएकाे थियाे । दृष्टिविहीन र अपाङ्गगता भएका ३० जना आश्रममा बस्दै आएका थिए । उनीहरूले बजारमा लागेर बेच्ने अगरबत्ती, कपुर, पेन्सल, डटपेन, फिनेल, हार्पिक, अबिर, केशरीलगायतका सामग्री जलेर नष्ट भएका छन् ।

उनीहरूले बजारमा बिक्रीका लागि लैजान लागेका झन्डै ३४ लाख रुपैयाँ बराबरको सामग्री पनि नष्ट भएकाे दृष्टिविहीन सङ्घ कास्कीका अध्यक्ष लक्ष्मण सुवेदीले जानकारी दिनुभयाे । उनीहरूले तिहारकाे बेलामा सामान बिक्रीबाट सङ्कलन गरेर आश्रममा नै रहेकाे झन्डै नाै लाख रुपैयाँ पनि जलेकाे सुवेदीले बताउनुभयाे । आगलागीबाट आश्रममा रहेका खाद्यान्न पनि नष्ट भएका छन् ।

अपाङ्गगतामैत्री समाज कास्कीले घर भाडामा लिएर आश्रम सञ्चालन गर्दै आएको थियो । आगलागीपछि त्यहाँ बस्दै आएकाहरूको बिचल्ली भएको छ ।

अन्तिम अपडेट: बैशाख १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया