जुवातास खेल्ने १ सय ६५ जना पक्राउ, ३४ लाख रुपैयाँ बरामद

 कात्तिक ३०, २०८० बिहिबार २०:३४:५५ | रासस
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै – तिहारमा तास, लङ्गुरबुर्जा र जुवा खेलेको अभियोगमा प्रहरीले एक सय ६५ जनालाई पक्राउ गरेको छ । प्रहरीले उनीहरूकाे साथबाट ३४ लाख ६२ हजार आठ सय ८५ रुपैयाँ बरामद गरेको छ । 

यही कात्तिक ११ गतेदेखि आज बिहीवार बिहानसम्म काठमाण्डाैका १३, ललितपुरका चार र भक्तपुरका दुई ठाउँबाट जुवातास खेलिरहेको अवस्थामा उनीहरूलाई प्रक्राउ गरिएको काठमाण्डाै उपत्यका प्रहरी कार्यालयले जनाएको छ । प्रहरीले ६९ बुक तास, २० हजार रुपैयाँकाे एक थान चेकसमेत बरामद गरेको छ ।

यही अवधिमा प्रहरीले पटका बेचेको अभियोगमा आठ जनालाई नियन्त्रणमा लिएको थियो । उनीहरूबाट विभिन्न प्रकारका ३० हजार थान पटका बरामद गरिएको थियो ।

यही अवधिमा काठमाण्डाै उपत्यकामा १४ ठाउँमा आगलागी भएको र त्यसबाट आठ करोड ७७ लाख ४५ हजार रुपैयाँ बराबरको क्षति भएको थियो । आगलागीमा परि भक्तपुरको मध्यपुर थिमी नगरपालिका–१ लोकन्थली बस्ने ८२ वर्षीय एक वृद्धको ज्यान गएकाे थियो । लक्ष्मीपूजा गर्ने क्रममा आगलागी भएको थियो । 

यही अवधिमा भएका गाडी दुर्घटनामा सात जनाको ज्यान गएकाे थियाे र तीन सय ३० जना घाइते भएका थिए । यस्तै झन्डै एक करोड रुपैयाँ बराबरको धनमाल चोरी भएको र शङ्कास्पद सात जनालाई प्रहरीले पक्राउ गरेको थियो । 

यसैबीच केन्द्रीय प्रहरी समाचार कक्षले आज जनाएअनुसार कौडा खेलिरहेको अवस्थामा नुवाकोटबाट २१ जना तथा जुवातास खेलेको अभियोगमा सल्यानबाट १३ जना पक्राउ परेका छन् ।

अन्तिम अपडेट: बैशाख ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया