बाँके प्रहरीले गोली चलायाे, ज्यान मार्ने उद्योगमा फरार एक जना पक्राउ

 मंसिर १, २०८० शुक्रबार १४:११:२९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै -  बाँकेमा प्रहरीले गोली चलाएर एक जनालाई पक्राउ गरेको छ । प्रहरीले बाँकेको जानकी गाउँपालिकामा गोली चलाएर ज्यान मार्ने उद्योगमा फरार रहेका आकाश रानालाई पक्राउ गरेको हो ।

प्रहरीले चलाएको गोली लागेर बैजनाथ गाउँपालिका घर भएका ३१ वर्षीय राना घाइते भएका छन् । फरार सूचीमा रहेका रानालाई पक्राउ गर्न खोज्दा भागेपछि गोली चलाएर पक्राउ गरिएको बाँके प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक नारायण डाँगीले जानकारी दिनुभयो ।

हिजो बिहान कोहलपुरको चप्परगौडीमा आकाश रानासहितका युवाहरूले मीनबहादुर विकलाई आक्रमण गरेका थिए । रानाको समूहले खुकुरी प्रहार गर्दा २९ वर्षीय मीनबहादुर गम्भीर घाइते भएका छन् । उनलाई उपचारका लागि भारतको लखनउमा पठाइएको छ । 

अन्तिम अपडेट: जेठ १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया