चाडपर्व मनाएर काठमाण्डौ उपत्यका फर्किनेको भिड (तस्बिरसहित)

 मंसिर १, २०८० शुक्रबार १४:५१:५ | न्युज एजेन्सी नेपाल
unn.prixa.net

काठमाण्डाै - नेपालीहरुको दुई ठूला चाड दशैँ र तिहार सकिएसँगै काठमाण्डाै उपत्यका फर्किनेहरुको सङ्ख्या बढेको छ ।

काठमाण्डाै उपत्यका भित्रिने मुख्य नाका नागढुङ्गा, थानकोटबाट उपत्यका भित्रिनेहरु चाडपर्वहरु सकिएसँगै फर्किन थालेका हुन् ।

सरकारी बिदा सकिएको र निजी क्षेत्रमा काम गर्नेहरुको पनि चाडबाड बिदा सकिएसँगै झोला बोकेर फर्किनेहरु काठमाण्डाै उपत्यकाका सडकहरुमा बाक्लै देखिन्छन् ।

सरकारी तथा निजी कार्यालयहरु खुल्न थालेसँगै काठमाण्डाै उपत्यकाभित्र बसेर कामकाज गर्नेहरु तथा चाडपर्व मनाउन घर गएकाहरु फर्किन थालेका छन् ।

काठमाण्डाै उपत्यका छिर्ने मुख्य नाकाहरु तथा बसपार्कमा घरबाट काठमाण्डाै फर्किनेहरुको चहलपहल बाक्लो देखिन थालेकाे छ । 

अन्तिम अपडेट: बैशाख १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया