आहा ! म्याग्दीको मालिका धुरी

 मंसिर २, २०८० शनिबार ११:४१:३ | प्रताप बानियाँ
unn.prixa.net

म्याग्दी – म्याग्दीमा धार्मिक, ऐतिहासिक र पर्यटकीय गन्तव्यहरु थुप्रै छन् । जुनसुकै डाँडाकाँडामा जाने हो भने पनि हिमाल प्रष्टै देखिन्छ । एक नगरपालिका र पाँचवटा गाउँपालिका रहेको म्याग्दीको विभिन्न ठाउँबाट सुन्दर, मनमोहक र आकर्षक दृश्यलाई आँखा नअघाउन्जेलसम्म हेर्न पाइन्छ । 

त्यसैमध्येको एक हो, पश्चिम म्याग्दी भेगमा पर्ने धार्मिक तथा पर्यटकीय गन्तव्य मालिका धुरी । समुद्री सतहदेखि तीनहजार तीनसय मिटरको उचाइमा अवस्थित मालिका धुरीबाट बिहानको सूर्योदय र बेलुकाको सूर्यास्त मज्जाले देख्न सकिन्छ । यसका साथै मनोरम हिमश्रृङ्खला, ग्रामीण भूगोल, मानव बस्ती, तरेली परेका पहाडका डाँडाकाँडा तथा थुम्कालगायत रमणीय दृश्यहरु देखिन्छन् । 

मालिका धुरीबाट धौलागिरि, गूर्जा, चुरेन, सिस्ने, मानापाथी, पुतली, पुथा, निलगिरि, अन्नपूर्ण, मनास्लु, माछापुच्छ्रे डेढ दर्जनभन्दा बढी हिमालसहित म्याग्दीको ३५ वटाभन्दा बढी गाउँ, लोपोन्मुख वन्यजन्तु, चराचुरुङ्गी, वनपैदावर, लालीगुराँस, जडीबुटीलगायत अवलोकन गर्न सकिन्छ । मालिका धुरीमा रहेको मालिका, कालिका र जालपाको दर्शन तथा पूजाअर्चना गरेमा मनोकामना पूरा हुने जनविश्वास रहिआएको छ । 

म्याग्दीकाे सदरमुकाम बेनीबाट पैदलयात्रा गरी दुई दिन र यातायातमार्फत एकैदिनमा सजिलोसँग मालिका धुरी पुग्न सकिन्छ । मालिका गाउँपालिका–७ बिम, ६ नम्बर वडा दरबाङको दुखु तथा रघुगङ्गा गाउँपालिका–६, पाखापानीमा रहेकाे ठाडाखानी गाउँको सिरानमा मालिका धुरी पर्दछ । यहाँ पुग्नका लागि बिम, दुखु, ठाडाखानी र पर्यटकीय क्षेत्र टोड्केको बाटो भएर जान सकिन्छ । 

    

अन्तिम अपडेट: बैशाख १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

प्रताप बानियाँ

म्याग्दीमा बसेर पत्रकारिता गर्ने प्रताप बानियाँ उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । उहाँले मुस्ताङका खबर पनि सम्प्रेषण गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया