छठ पर्वको समापनका अवसरमा लुम्बिनी प्रदेशका चार जिल्लामा सार्वजनिक बिदा

 मंसिर २, २०८० शनिबार १९:७:२१ | हेमराज शर्मा
unn.prixa.net

दाङ – छठ पर्वको समापनका अवसरमा लुम्बिनी प्रदेशका चार जिल्लामा सार्वजनिक बिदा हुने भएको छ । छठ पर्वको समापनको अवसरमा लुम्बिनी प्रदेश सरकारले मङ्सिर ४ गते सोमवार प्रदेशका चार जिल्लामा सार्वजनिक बिदा दिने भएको हो । 

लुम्बिनी प्रदेश सरकारले प्रदेश अन्तर्गतका कपिलवस्तु, रूपन्देही, नवलपरासी र बाँके जिल्लामा मङ्सिर ४ गते सोमवार सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

हिजो शुक्रवार लुम्बिनी प्रदेशको गृह मन्त्रालयले एक सूचना जारी गर्दै बिदा दिने जानकारी गराएको हो ।

अन्तिम अपडेट: बैशाख १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

हेमराज शर्मा

दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया