दाङमा दाजुभाइ मृत फेला

 मंसिर ५, २०८० मंगलबार ६:४७:३० | हेमराज शर्मा
unn.prixa.net

दाङ - दाङमा दाजुभाइ मृत फेला परेका छन् ।

तुलसीपुर उपमहानगरपालिका-१६ डोक्रेना घर भइ तुलसीपुर–६ गाइडहरमा भाडामा बस्दै आएका ३४ वर्षीय पूर्णबहादुर बस्नेत र उहाँका भाइ ३० वर्षीय टेकबहादुर बस्नेत सोमवार बेलुकी काेठाभित्र मृत्त अवस्थामा फेला परेका हुन् ।

सबै झ्यालढोका बन्द देखेपछि पछाडिको निकासद्वारको ग्रिलको पल्ला खोलेर हेर्दा दाजुभाइ मृत अवस्थामा देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । 

मृत्तक टेकबहादुरकी श्रीमतीले आफू माइती रुकुम पश्चिम गएको हुँदा त्यहाँबाट नफर्किँदासम्म ढोका नखोल्न आग्रह गरेपछि प्रहरीले आज मङ्गलवार मात्रै काेठाकाे ढोका खाेलेर अनुसन्धानकाे प्रक्रिया शुरु गर्ने भएकाे छ । 

अन्तिम अपडेट: बैशाख १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

हेमराज शर्मा

दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया