केपी ओली कप टी–२० क्रिकेटमा बाग्मतीकाे विजयी शुरुवात

 मंसिर ७, २०८० बिहीबार १६:१४:५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – केपी ओली कप टी–२० क्रिकेट प्रतियाेगितामा बाग्मती प्रदेशले विजयी शुरुवात गरेकाे छ । आज बिहीवार कास्कीकाे पाेखरा रङ्गशालामा भएकाे खेलमा बाग्मतीले मदन भण्डारी स्पाेर्ट्स एकेडेमी 'राताे' टाेलीलाई १ सय ९ रनले हरायाे ।

बाग्मतीले दिएकाे १ सय ८५ रनकाे लक्ष्य पछ्याएकाे मदन भण्डारी स्पाेर्ट्स एकेडेमी १४ ओभर २ बलमा ७५ रन बनाउँदा अल आउट भयाे । मदन भण्डारीका कप्तान अमर मिश्र र विजय प्रजापतिले सर्वाधिक समान १३ रन बनाए । बलिङतर्फ बाग्मतीका कप्तान सन्दीप लामिछानेले ४, सुवाश खत्रीले ३ र प्रतिस जिसीले २ विकेट लिए ।

आजदेखि शुरु भएकाे प्रतियाेगितामा ७ प्रदेशका ७ वटा टिम, विभागीय टिमहरू नेपाल पुलिस, नेपाल आर्मी, एपीएफ र मदन भण्डारी स्पोर्ट्स एकेडेमीको रातो र निलो गरी १२ टिमको सहभागिता छ । प्रतियोगिताकाे विजेताले ५ लाख र उपविजेताले २ लाख ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

अन्तिम अपडेट: साउन १०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया