पाेखरामा काैडा खेल्दै गरेका ६ जना पक्राउ

 मंसिर ७, २०८० बिहिबार १९:२६:५८ | उज्यालो सहकर्मी
unn.prixa.net

कास्की – पोखरा महानगरपालिका–२२ चिसाखोलामा रहेकाे भेषबहादुर गुरुङको घरमा कोडा खेल्दै गरेका छ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

गुरुङकाे घरमा प्रहरी टोली पुगेर ८२ हजार आठ सय २५ रुपैयाँ र १६ थान कौडासहित छ जनालाई पक्राउ गरेको गण्डकी प्रदेश प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) शारदाप्रसाद चौधरीले जानकारी दिनुभयाे । प्रहरी आएको थाहा पाएपछि भाग्दै गरेको अवस्थामा छ जनालाई पक्राउ गरेको एसएसपी चाैधरीले बताउनुभयाे ।

यसैबीच गुरुङकाे घर खानतलासी गर्दा कोठामा लुकाइछिपाइ राखेको लाइसेन्स नभएको २२ हर्नेट (बन्दुक), गोली २४ राउन्ड रहेकाे म्यागजिन एक थान फेला परेको प्रहरीले जनाएकाे छ ।

अन्तिम अपडेट: जेठ १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया