युद्धविरामकाे स्वागत गर्दै नेपालले भन्याे– ‘विपिन जाेशीकाे तत्काल रिहाइ हाेस्’

 मंसिर ७, २०८० बिहीबार १८:१२:३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपाल सरकारले पश्चिम एसियाको गाजामा युद्धविराम गर्न भएको सहमतिको स्वागत गरेको छ ।

परराष्ट्र मन्त्रालयले आज बिहीवार एक विज्ञप्ति निकालेर मानवीय सहायता सामग्रीको आपूर्ति तथा बन्दीहरूको रिहाइका लागि भएकाे सहमतिकाे स्वागत गरेको हो ।

कतार, अमेरिका र इजिप्टको कुटनीतिक प्रयासमा भएको सहमतिको नेपालले सराहना गरेको छ । सरकारले नेपाली विद्यार्थी विपिन जोशीको तत्काल रिहाइका लागि सम्बद्ध पक्षसँग पुनः आह्वान पनि गरेको छ ।

हिजाे बुधवार इजरायल र हमासबीच युद्धविरामको सहमति भएको थियो ।

अन्तिम अपडेट: साउन १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया