हरिबाेधनी एकादशी : कालीगण्डकीमा भक्तजनको घुइँचो, सेतीवेणी र राम्दीमा विशेष मेला

 मंसिर ७, २०८० बिहीबार २०:१५:३६ | उज्यालो सहकर्मी
unn.prixa.net

गण्डकी र लुम्बिनीको सिमानामा रहेको राम्दी (कालीगण्डकी तट) मा स्नान तथा पूजा गर्दै भक्तजन । तस्बिर : राधाकृष्ण डुम्रे ।

स्याङ्जा – हरिबोधिनी एकादशीको अवसरमा आज बिहीवार कालीगण्डकीका ठाउँमा भक्तजनको भीड लागेको छ ।

कालीगण्डकीअन्तर्गत स्याङ्जाको प्रसिद्ध धार्मिक एवम् पर्यटकीयस्थल सेतीवेणी शिला, रामनदी धाम राम्दी, केलादीघाट, हुँगीघाट, उत्तरबाहिनीलगायत ठाउँमा बिहानैदेखि भीड लागेको हो । सेतीवेणी, राम्दीलगायतका ठाउँमा भजनकृतन भइरहेको छ । कालीगण्डकीमा गई स्नान गरेर पूजाआजा गर्दा मनोकामना पूरा हुने धार्मिक विश्वास रहेकाे छ ।

यसैबीच राम्दी र सेतीवेणीमा विशेष मेला लागेको छ । स्याङ्जा, पर्वत र गुल्मीको सिमाना गल्याङमा रहेकाे कालीगण्डकी नदीको तट सेतीवेणीमा विशेष मेला लागेको हाे । तीन जिल्ला र तीन अञ्चलको सिमानामा रहेको विश्वकै ठूलो शालिग्राम शिलाको दर्शन गर्न र कालीगण्डकी स्नान गर्नका लागि भक्तजनको भीड लागेको छ ।

कालीगण्डकी 'ए' जलविद्युत् निर्माणका क्रममा बनेको जलाशयमा सञ्चालित जलयात्रामार्फत शालिग्रामको दर्शन गर्न आउनेको सङ्ख्या पनि उल्लेख्य हुने गरेको छ ।

यस्तै गण्डकी र लुम्बिनी प्रदेशको सिमाना राम्दीमा स्वदेशी तथा भारतीय भक्तजनको घुइँचाे लागेकाे छ । सिद्धार्थ राजमार्गमै रहेका कारण राम्दीमा भारतीयकाे पनि बाक्लो उपस्थिति रहने गरेको छ ।

यसैबीच चापाकोट नगरपालिकाले सार्वजनिक बिदा नै दिएर हरिबोधिनी एकादशी मनाएको छ । पालिकाले प्रत्येक वर्ष हरिबोधिनी एकादशीमा पालिकाभर सार्वजनिक बिदा दिँदै आएको छ । चापाकोटमा पर्ने कालीगण्डकी नदी तटमा विशेष मेला लागेको छ ।

अन्तिम अपडेट: साउन १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया