जातीय विभेद कसुरमा पोखरा–२४ का वडाध्यक्ष अधिकारीलाई साढे ४ महिना कैद सजाय

 मंसिर ७, २०८० बिहिबार २०:०:२४ | सागर राज तिमिल्सिना
unn.prixa.net

कास्की – जातीय विभेद कसुरमा पोखरा महानगरपालिका–२४ का वडाध्यक्ष भरतबहादुर अधिकारीलाई जिल्ला अदालत कास्कीले साढे चार महिनाकाे कैद सजाय सुनाएकाे छ ।

आज बिहीवार जिल्ला अदालतका न्यायाधीश अवनी मैनाली भट्टराईको एकल इजलासले वडाध्यक्ष अधिकारीलाई साढे चार महिना कैद सजाय सुनाएको हो । फैसलामा अधिकारीलाई तीन महिना कैद र ५० हजार रुपैयाँ जरिबाना भनिए पनि जनप्रतिनिधि भएकाले ५० प्रतिशत थप सजाय तोकिएको छ ।

अधिकारीले साढे चार महिना कैद र ७५ हजार रुपैयाँ जरिबाना र १० हजार पीडित महिलालाई क्षतिपूर्ति दिनुपर्ने फैसलामा उल्लेख छ । जातीय दुर्व्यवहार तथा छुवाछुतको आरोप लागेका  अधिकारी २०७९ माघ ९ गते एक लाख ५० हजार रुपैयाँ धरौटीमा छुटेका थिए ।

पोखरा–२४ की वडा सदस्य मैया नेपालीले वडाध्यक्ष अधिकारीलाई जातीय विभेद गरेकाे भन्दै कारबाहीको माग गर्दै २०७९ पुस २४ मा जिल्ला प्रहरी कार्यालय कास्कीमा जाहेरी दर्ता गराउनुभएकाे थियाे ।

अन्तिम अपडेट: फागुन १२, २०८०

सागर राज तिमिल्सिना

कास्कीमा रहेर पत्रकारिता गर्ने सागर उज्यालाेका जिल्ला सहकर्मी हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया