दुर्गा प्रसाईं समूहद्वारा भक्तपुरको पुरानो थिमिमा प्रदर्शन, आन्दोलनका लागि तीनकुने पुगेका केही पक्राउ

 मंसिर ८, २०८० शुक्रबार १४:२७:१५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – मेडिकल व्यवसायी दुर्गा प्रसाईं नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऊँ महाअभियान’ समूहले भक्तपुरको सानोथिमि क्षेत्रमा प्रदर्शन गरेको छ ।

काठमाण्डाैकाे तीनकुनेमा प्रशासनले प्रदर्शन गर्न नदिने भएपछि प्रसाईं समर्थकहरूले भक्तपुर क्षेत्रमा प्रदर्शन गरेका हुन् । प्रसाईं समूहको प्रदर्शनका कारण पुरानो थिमि हुँदै भक्तपुर जाने सडक अवरुद्ध भएको छ ।

यसैबीच व्यवसायी दुर्गा प्रसाईंले आह्वान गरेको विरोध प्रदर्शनमा सहभागी हुन तीनकुने पुगेका केही प्रदर्शनकारीहरू पक्राउ परेका छन् । हिजो बिहीवार बल्खु क्षेत्रमा आन्दोलन गरेका प्रसाईं समूहले आज शुक्रवारदेखि तीनकुनेमा प्रदर्शन गर्ने बताएका थिए । तर जिल्ला प्रशासन कार्यालयले भने तीनकुनेमा कार्यक्रम गर्न प्रसाईंलाई अनुमति दिएको छैन ।

अहिले तीनकुनेमा प्रहरी बाक्लोरूपमा परिचालन गरिएको छ । तीनकुने क्षेत्रमा हिँडडुल गर्ने सर्वसाधारणलाई समेत प्रहरीले निगरानी बढाएको छ ।

अन्तिम अपडेट: बैशाख २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया