पोखरा आइपुगे मुर्रा राँगा, फूलमालाले स्वागत

 मंसिर ९, २०८० शनिबार १४:२५:३६ | सागर राज तिमिल्सिना
unn.prixa.net

फाइल तस्बिर

कास्की – भारत सरकारले अनुदानमा दिएको मुर्रा राँगामध्ये ७ वटा पोखरा आइपुगेका छन् । नेपालले पाएकाे १५ राँगामध्ये पोखरा आइपुगेका ७ वटा राँगालाई फुलमालाले स्वागत गरिएकाे छ । 

पोखरा महानगरपालिका-१५ मा रहेको राष्ट्रिय पशु प्रजनन कार्यालयमा राँगा राखिएको छ । नेपालगञ्जबाट बुटवल पाल्पा, स्याङजा हुँदै पोखरा ल्याइएका राँगाहरु  प्रजनन कार्यालयमा राखिएका छन् ।

सबै राँगा करिब एक महिना क्वारेन्टिनमा राखेपछि मात्रै वीर्य सङ्कलन केन्द्रमा लगिने कार्यालय प्रमुख डा जगदीश पाण्डेले जानकारी दिनुभयाे । उहाँले उन्नत जातका मुर्रा राँगोबाट एक पटकमा तीन सय पटक हाराहारी पुग्ने वीर्य सङ्कलन गर्न सकिने उहाँले बताउनु भयो । मुर्रा राँगाबाट एक वर्षमा १५ देखि २० हजार पटक वीर्य सङ्कलन गर्ने लक्ष्य रहेको पाण्डेले बताउनु भयो ।

अन्तिम अपडेट: बैशाख २३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सागर राज तिमिल्सिना

कास्कीमा रहेर पत्रकारिता गर्ने सागर उज्यालाेका जिल्ला सहकर्मी हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया