पोखरामा भएको अन्तर्राष्ट्रिय क्रस कन्ट्रीमा नेपाली टोलीको वर्चस्व

 मंसिर ९, २०८० शनिबार १७:३०:४३ | सागर राज तिमिल्सिना
unn.prixa.net

कास्की – पोखरामा आयोजित अन्तर्राष्ट्रिय क्रस कन्ट्री दौडमा नेपाली टोलीको वर्चस्व रहेको छ । शनिवार आयोजित प्रतिस्पर्धामा नेपाली टोलीले उपाधि जितेको छ । ४० किलोमिटरको प्रतिस्पर्धामा नेपाली जोडी सुमन कुलुङ, इन्द्रकला नेम्वाङ र रमेश लिम्बुको टिम प्रथम हुँदै नगद ३ लाख ६० हजार नगद, पदक र प्रमाणपत्र जित्न सफल भयो ।

पोखरा महानगरपालिका, नेपाल पर्यटन बोर्ड र नेपालस्थित चिनियाँ राजदूतावासको संयुक्त आयोजनामा पोखरामा आयोजित प्रतिस्पर्धामा श्रेवी महर्जन, मुहेश थारु र बसन्त थारुको टिम दोस्रो भएको छ । ४० किलोमिटरकै प्रतिस्पर्धामा नेपाली टोलीले तेस्रो स्थान प्राप्त गरेको छ । श्रीकास राई, तिलक सुनुवार र केशरी थापा मगर (नेपाली सेना)को टोली तेस्रो स्थान प्राप्त गरेको हो ।

चिनियाँ टोली भने चौथो स्थानमा रह्यो । लिन सिआक्जी, याङ चुन्हेङ र होउ क्विङ चौथो स्थानमा रहेर अन्तराष्ट्रिय क्रस कन्ट्री दौड पूरा गरे । दोस्रो हुने टोलीले २ लाख ८८ हजार र तेस्रो हुनेले नगद २ लाख १६ हजार चौथो हुनेले १ लाख ४४ हजार रुपैयाँ प्राप्त गरे । क्रस कन्ट्री दौडको टिम इभेन्टमा १० नेपाली टोली र तीन चिनियाँ टोलीले प्रतिस्पर्धा गरेका थिए ।

३८ किलोमिटर तर्फको एकल प्रतिस्पर्धामा नेपाली धावक होमलाल श्रीस प्रथम भए । त्यस्तै बेदबहादुर सुनुवार दोस्रो, तीर्थ तामाङ तेस्रो, करन रावल चौथो भए । उनीहरु सबै नेपाली सेनाका धावकहरु हुन् । व्यक्तिगत प्रतिस्पर्धाको विजेताले एक लाख ४४ हजार, दोस्रो हुनेले एक लाख ८ हजार, तेस्रो हुनेले ५४ हजार र चौथो हुनेले १८ हजार रुपैयाँ प्राप्त गरे । 

अन्तर्राष्ट्रिय क्रसकन्ट्री दौडकै अवसरमा विद्यार्थीहरु लक्षित पाँच किलोमिटर सडक दौडमा कुमुदिनी होम्सका छात्र कृष्णबहादुर परियार र छोरेपाटन माविकी छात्रा नारायणी भण्डारी प्रथम भएका थिए । उनीहरुले  २५/२५ हजार रुपैयाँ प्राप्त गरे ।

छात्रतर्फ तेन्जोन रोका मगर र कास्की मोर्डनाइज्डका बादल कार्की क्रमशः दोस्रो र तेस्रो भए । छात्रातर्फको प्रतिस्पर्धामा मेघराज पहिलो, आधारभूत विद्यालयकी एन्जिला जिटी दोस्रो र तालबाराही माविकी गीता श्रेष्ठ तेस्रो भइन् । दोस्रो र तेस्रो भएका छात्र तथा छात्राहरुले नगद २० र १५ हजार रुपैयाँ प्राप्त गरेका थिए ।

एकल प्रतिस्पर्धामा ७६ जनाले सहभागिता जनाएका थिए । प्रतियोगितामा भाग लिन चिनियाँ टोली चार्टड विमानबाट पोखरा आएका थिए ।

अन्तिम अपडेट: बैशाख २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सागर राज तिमिल्सिना

कास्कीमा रहेर पत्रकारिता गर्ने सागर उज्यालाेका जिल्ला सहकर्मी हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया