नेपालले थाइल्यान्डलाई दियो १ सय ४० रनको लक्ष्य
कात्तिक २५, २०८१ आइतबार
दाङ – दाङको तुलसीपुरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । ज्यान जानेमा मोटरसाइकल चालक कैलालीको लम्कीचुहा नगरपालिका–८ कुन्तिखेतका २४ वर्षीय विकास भण्डारी रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक नवचन्द्र मल्लले जानकारी दिनुभएको छ ।
दुर्घटनामा गम्भीर घाइते भण्डारीको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारको क्रममा ज्यान गएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार तुलसीपुरको रानिजरूवाबाट दमारगाउँतर्फ जाँदै गरेको सु प प्र ०१–००९ प ६६५३ नम्बरको मोटरसाइकल गएराति तुलसीपुर– ७ गैरापातु नजिकै आफैँ अनियन्त्रित भएर दुर्घटना भएको हो ।
मृतकको शवको प्रादेशिक अस्पतालमा पोष्टमार्टम भइरहेको प्रहरीले जनाएको छ । दुर्घटनाका बारेमा प्रहरीले आवश्यक अनुसन्धान पनि गरिरहेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।