अन्तर्राष्ट्रिय माउन्टेन बाइक रेसको उपाधि इन्डोनेसियाका रामा तेगुलाई, नेपालका प्रचित तेस्रो

 मंसिर १०, २०८० आइतबार १२:३:३१ | सागर राज तिमिल्सिना
unn.prixa.net

कास्की - पोखरामा ११ देशका खेलाडीको सहभागितामा भएकाे अन्तर्राष्ट्रिय माउन्टेन बाइक रेसको उपाधि इन्डोनेसियाका रामा तेगु अदि प्रतामाले जितेका छन् । उनले ५ स्टेज (ट्रयाक) को ११ किलाेमिटर ९२० मिटर दूरी ९ मिनेट ५९ सेकेण्ड ५२ मिलिसेकेण्डमा पार गरे ।

विभिन्न ७ विधामध्ये इलिट पुरुषतर्फको याे विधामा उपाधि हात पार्दै रामाले नगद ५० हजार रुपैयाँसहित प्रमाणपत्र, मेडल र गिफ्ट ह्याम्पर प्राप्त गरेका छन् ।

त्यसैगरी त्यही विधामा बेलायतका क्रिस्टोफर किलिङले दोस्रो र नेपालका प्रचित थापा मगरले तेस्रो स्थान पाउन सफल भए । किलिङले त्यही दूरी १० मिनेट १६ सेकेण्ड ९७ मिलिसेकेण्डमा पार गरे भने प्रचितले १० मिनेट ३६ सेकेण्ड १३ मिलिसेकेण्डमा पार गरे । यससँगै किलिङले नगद ३० हजार रुपैयाँसहित प्रमाणपत्र र गिफ्ट ह्याम्पर प्राप्त गरे भने प्रचितले नगद २० हजार रुपैयाँसहित प्रमाणपत्र, मेडल र गिफ्ट ह्याम्पर प्राप्त गरे।

त्यस्तै, महिलातर्फ भने नेपालकी लक्ष्मी मगरले प्रथम, नेपालकै मिङ्गमा याङ्जी सेर्पाले दोस्रो र सिङ्गापुरकी इभोना सियाले तेस्रो स्थान हासिल गर्न सफल भए । उनीहरुले १० किमी ५०० मिटरको दूरी क्रमशः ९ मिनेट ५३ सेकेण्ड ४८ मिलिसेकेण्ड, ११ मिनेट २५ सेकेण्ड ३१ मिलिसेकेण्ड र १५ मिनेट ३५ सेकेण्ड ३६ मिलिसेकेण्डमा पार गरे । योसँगै उनीहरुले क्रमशः नगद ३५ हजार, २५ हजार र १५ हजार रुपैयाँसहित प्रमाणपत्र, मेडर र गिफ्ट ह्याम्पर प्राप्त गरे ।

१८ वर्षसम्मका पुरुष जुनियरतर्फ नेपालका विपुल थापा प्रथम हुन सफल भए । उनलाई पछ्याउँदै अमेरिकाका एलिजा स्टेवार्ड दोस्रो र नेपालका दिपेश थापा तेस्रो भए । उनीहरुले प्रमाणपत्र, मेडलका साथमा गिफ्ट ह्यापर प्राप्त गरे ।

त्यस्तै ३० देखि ३९ वर्ष समूहका लागि मास्टर्स ‘क’ विधामा राजन भण्डारी प्रथम, मङ्गल लामा दोस्रो र कुङ्गा वोसेर तेस्रो हुन सफल रहे । तीनै जना नेपालका खेलाडीले प्रमाणपत्र, मेडलका साथमा गिफ्ट ह्यापर प्राप्त गरे ।

४० देखि ४९ वर्षसम्मका लागि मास्टर्स ‘ख’ विधामा सुरज पाण्डेले प्रथम, रवि कार्कीले दोस्रो र नारायण मानन्धरले तेस्रो स्थान बनाउन सफल भए । उनीहरु सबै नेपाली हुन् । उनीहरुले प्रमाणपत्र, मेडलका साथमा गिफ्ट ह्यापर प्राप्त गरे ।

त्यस्तै, ५० वर्षभन्दा माथीका समूहका लागि भेट्रान विधातर्फ लाल आले, सुलोचन राजभण्डारी र सैशव प्रधान क्रमशः प्रथम, दोस्रो र तेस्रो भए । नेपालका उनीहरुले प्रमाणपत्र, मेडलका साथमा गिफ्ट ह्यापर प्राप्त गरे । नेपालमै पहिलो पटक आयोजना भएको ‘ई–बाइक’ विधामा प्रशन्न गौतम प्रथम हुन सफल भएभने विश्वास मोदी दोस्रो भए । उनीहरुले प्रमाणपत्र, मेडलका साथमा गिफ्ट ह्यापर प्राप्त गरे ।

अन्तिम अपडेट: बैशाख २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सागर राज तिमिल्सिना

कास्कीमा रहेर पत्रकारिता गर्ने सागर उज्यालाेका जिल्ला सहकर्मी हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया