लुम्बिनीले गण्डकीलाई हराउँदा एपीएफ केपी ओली कपकाे सेमिफाइनलमा

 मंसिर १०, २०८० आइतबार १३:४०:१६ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – सशस्त्र प्रहरी बलकाे एपीएफ क्लब केपी ओली कप टी–२० क्रिकेट प्रतियाेगिताकाे सेमिफाइनलमा पुगेकाे छ ।

आज आइतवार भएकाे खेलमा लुम्बिनी प्रदेशले गण्डकी प्रदेशलाई हराउँदा एपीएफ नेट रन रेटमा अघि रहँदै समूह 'बी' बाट सेमिफाइनलमा पुगेकाे हाे । समूहमा ३ वटै टिमले २/२ खेल खेल्दा समान अङ्क भएपछि एपीएफ अन्तिम ४ मा पुगेकाे हाे ।

पाेखरा रङ्गशालामा लुम्बिनीले दिएकाे १ सय ४ रनकाे सामान्य लक्ष्य पछ्याएकाे गण्डकी १८ ओभर ५ बलमा ९८ रन बनाउँदा अल आउट भयाे । गण्डकीका सुदीप अर्यालले सर्वाधिक ३५ रन बनाए । यस्तै कप्तान विपिन खत्रीले १९ र दिनेश बुढामगरले १३ रन जाेडे । बलिङतर्फ लुम्बिनीका माेहम्मद हुसैनले ४, अजय लुनियाले ३ र रमेश कुर्मीले २ विकेट ।

यसअघि टस हारेर ब्याटिङकाे निम्ताे पाएकाे लुम्बिनीले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ३ रन बनायाे । लुम्बिनीका धुर्व सुनार र नर सार्कीले समान २३ रन बनाए । बलिङतर्फ गण्डकीका अमृत गुरुङले ३ र चन्द्र पाैडेलले २ विकेट लिए ।

समूह 'ए' बाट बाग्मती सेमिफाइनलमा पुगिसकेको छ । समूह 'सी' मा नेपाल पुलिस क्लब, मधेस प्रदेश र सुदूरपश्चिम प्रदेश छन् । समूह 'डी' मा त्रिभुवन आर्मी क्लब, कोशी प्रदेश र मदन भन्डारी स्पोर्ट्स एकेडेमी ‘निलो’ छन् ।

अन्तिम अपडेट: साउन १०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया