केपी ओली कपमा कुशल भुर्तेलकाे शतक, पुलिसले मधेसलाई हरायाे

 मंसिर १०, २०८० आइतबार १६:३५:५२ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै – पाेखरामा चलिरहेकाे केपी ओली कप टी–२० क्रिकेट प्रतियाेगितामा नेपाल पुलिस क्लबले मधेस प्रदेशलाई हराएकाे छ । आज आइतवार भएकाे खेलमा पुलिसले मधेसलाई ५७ रनले हरायाे ।

पुलिसले दिएकाे १ सय ७६ रनकाे लक्ष्य पछ्याएकाे मधेस १८ ओभर २ बलमा १ सय १८ रनमा अल आउट भयाे । मधेसका रुपेश सिंहले सर्वाधिक ४० रन बनाए । यस्तै इमरान शेखले २२ रन जाेडे । बलिङतर्फ पुलिसका करण केसी, सागर ढकाल, रशिद खान र ललित राजवंशीले समान २ विकेट लिए ।

यसअघि पाेखरा रङ्गशालामा टस जितेर ब्याटिङ राेजेकाे पुलिसले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ७५ रन बनायाे । पुलिसका कुशल भुर्तेलले शतक बनाए । उनी ५७ बलमा ७ छक्का र ८ चाैकाकाे मद्दतमा १ सय २ रन बनाएर आउट भए । कुशल भुर्तेल केपी ओली कपमा शतक बनाउने पहिलाे खेलाडी बनेका छन् । बलिङतर्फ मधेसका विशाल पटेल र विशाल शुस्लिङले समान २ विकेट लिए ।

अन्तिम अपडेट: साउन ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया