पोर्चुगल पठाइदिन्छु भन्दै १० लाख रुपैयाँ ठग्ने एक जना पक्राउ

 मंसिर १०, २०८० आइतबार १७:२९:४४ | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतीकात्मक तस्बिर

काठमाण्डाै – पोर्चुगल पठाइदिन्छु भन्दै १० लाख रुपैयाँ ठग्ने एक जना पक्राउ परेका छन् । रोल्पाको गंगादेव गाउँपालिका घर भई अहिले काठमाण्डौको गोङ्गबुमा बस्ने निमराज डाँगीलाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ परेका डाँगीले जोनसन श्रेष्ठलाई मासिक एक लाख २० हजार रुपैयाँ तलब हुनेगरी पोर्चुगल पठाइदिने भनेर १० लाख रुपैयाँ लिएका थिए । शुरुमा १६ लाख रुपैयाँ मागेका डाँगी १० लाख रुपैयाँ लिएपछि फरार भएका थिए ।

उनलाई पक्राउ गरेर थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

अन्तिम अपडेट: बैशाख ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया