श्रीमान् श्रीमतीको झगडामा श्रीमानको ज्यान गयो

 मंसिर ११, २०८० सोमबार ८:१३:३३ | अमर सुनार
unn.prixa.net

दैलेख - दैलेखको नौमूले गाउँपालिका–४ मा श्रीमान् श्रीमतीबीच झगडा हुँदा श्रीमानको ज्यान गएको छ । कालिका गाउँका ३८ वर्षीय भीमबहादुरको ज्यान गएको हो ।

प्रहरीका अनुसार गएराति भीमबहादुर र श्रीमती ३५ वर्षीया सीता योगीबीच झगडा भएको थियो ।

श्रीमान् भीमबहादुरले  पहिला पिटेपछि सीताले पनि श्रीमानलाई पन्यूँ र दाउराले प्रहार गरेकी उनीहरुका छोराछोरीलाई उद्धृत गर्दै जिल्ला प्रहरी कार्यालय दैलेखका इञ्जार्ज प्रहरी नायब उपरीक्षक (डीएसपी) किशोर लम्सालले जानकारी दिनुभयो ।

सीतालाई प्रहरीले पक्राउ गरेको छ । सचेतनाको कमी र जाँडरक्सीको सेवनले नौमूलेमा हिंसात्मक घटना हुने गरेका छन् । 

अन्तिम अपडेट: बैशाख १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

अमर सुनार

दैलेखका उज्यालो सहकर्मी अमर सुनार मानवअधिकारको क्षेत्रमा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया