गौशालामा दुर्गा प्रसाईं समर्थक र प्रहरीबीच झडप, आचार्य श्रीनिवास पक्राउ

 मंसिर ११, २०८० सोमबार १६:४०:४६ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : सामाजिक सञ्जाल

काठमाण्डाै – दुर्गा प्रसाईं नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’ मा सहभागी प्रदर्शनकारी र प्रहरीबीच गाैशालामा झडप भएको छ ।

झडपका क्रममा प्रहरीले धर्मगुरु आचार्य श्रीनिवाससहितका केही व्यक्तिलाई पक्राउ गरेकाे जिल्ला प्रहरी परिसर काठमाण्डाैका प्रवक्ता एवम् प्रहरी उपरीक्षक (एसपी) कुमोध ढुंगेलले जानकारी दिनुभयाे । ‘प्रहरीले धर्मगुरु आचार्य श्रीनिवाससहित अन्य केही व्यक्तिलाई नियन्त्रणमा लिएको छ ।’

श्रीनिवास त्रिशूल लिएर सडकमा निस्केको र अराजक अभिव्यक्ति दिएको आरोप छ । प्रहरीले प्रदर्शनकारीकाे भिड नियन्त्रणका लागि गौशालामा चार सेल अश्रुग्यास प्रहार गरेको बताएको छ ।

यसअघि धरानमा भएकाे कार्यक्रममा खुकुरी बोकेर धार्मिक तथा साम्प्रदायिक घृणा फैलाउनुका साथै हिंसा भड्काउने अभिव्यक्ति दिएको भन्दै गएकाे असाेजमा प्रहरीले श्रीनिवासलाई पक्राउ गरेको थियो ।

अन्तिम अपडेट: बैशाख ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया