केपी ओली कप : पुलिस सुदूरपश्चिमसँग हारेपछि मधेस सेमिफाइनलमा

 मंसिर १२, २०८० मंगलबार १४:६:४० | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – मधेस प्रदेश केपी ओली कप टी–२० क्रिकेट प्रतियाेगिताकाे सेमिफाइनलमा पुगेकाे छ । नेपाल पुलिस क्लब सुदूरपश्चिम प्रदेशसँग पराजित भएसँगै मधेस समूह 'सी' को विजेता बन्दै सेमिफाइनलमा पुगेको हाे ।

मधेस प्रदेश, नेपाल पुलिस क्लब र सुदूरपश्चिम प्रदेशकाे समान २ अङ्क भए पनि नेट रन रेटमा अघि रहँदै मधेस सेमिफाइनलमा पुगेकाे हाे ।

आज मङ्गलवार पाेखरा रङ्गशालामा भएकाे खेलमा सुदूरपश्चिमले पुलिसलाई ४ विकेटले हरायाे । पुलिसले दिएकाे १ सय ५९ रनकाे लक्ष्य सुदूरपश्चिमले १८ ओभर ४ बलमा ६ विकेट गुमाएर भेटायाे । सुदूरपश्चिमका किरण ठगुन्नाले नट आउट ५१ र नरेन साउदले ३९ रन बनाए । बलिङतर्फ पुलिसका रशिद खानले ३ विकेट लिए ।

यसअघि टस जितेर ब्याटिङ गरेकाे पुलिसले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १ सय ५८ रन बनायाे । पुलिसका कुशल भुर्तेलले सर्वाधिक ६७ रन बनाए । बलिङतर्फ सुदूरपश्चिमका विकाश आग्रीले २ विकेट लिए ।

यसअघि समूह 'ए' बाट बाग्मती प्रदेश, समूह 'बी' बाट सशस्त्र प्रहरी बलकाे एपीएफ क्लब सेमिफाइनलमा पुगेको थियो । अब समूह 'डी' बाट सेमिफाइनल पुग्ने टाेलीकाे टुङ्गाे लाग्न बाँकी छ ।

अन्तिम अपडेट: साउन ९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया