जब राेनाल्डाेले पेनाल्टी लिन मानेनन्

 मंसिर १२, २०८० मंगलबार १६:१२:१२ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै – स्टार फुटबलर क्रिस्टियानाे राेनाल्डाेले एसियन च्याम्पियन्स लिग (एसीएल) मा पर्सेपाेलिससँगकाे खेलमा गजबकाे खेल भावना देखाएका छन् ।

गए राति रियादमा इरानकाे पर्सेपाेलिस क्लबसँगकाे खेलमा साउदी क्लब अल नासरलाई दिइएकाे पेनाल्टी राेनाल्डाेले लिन मानेनन् । खेलकाे दाेस्राे मिनेटमै पर्सेपाेलिसका खेलाडीले राेनाल्डाेलाई लडाएपछि रेफ्रीले अल नासरलाई पेनाल्टी दिएका थिए । तर लगत्तै रोनाल्डोले विपक्षीबाट 'फाउल' नभएको भन्दै रेफ्रीलाई पेनाल्टी दिने निर्णय उल्टाउन भने ।

रोनाल्डोको आग्रहपछि भीडिओ असिसटेन्ट रेफ्री (भार) को सहायताले रेफ्रीले पेनाल्टीकाे निर्णय रद्द गरे । अल नासर र पर्सेपाेलिसबीचकाे खेल गाेलरहित बराबरीमा सकिएकाे थियाे । खेलकाे १७ औँ मिनेटमै अल नासरका अली लाजामीले रातो कार्ड बेहाेरेका थिए । अल नासर यसअघि नै नकआउट चरणका लागि छनोट भइसकेको थियो ।

क्रिस्टियानाे राेनाल्डाेले खेल भावना देखाएकाे भन्दै अहिले चाैतर्फी प्रशंसा भइरहेकाे छ ।

अन्तिम अपडेट: साउन १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया