काठमाण्डाैवासीलाई मेलम्चीकाे पानी चाँडै खुवाउँछाैँ : खानेपानी मन्त्री

 मंसिर १२, २०८० मंगलबार १६:२३:३४ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै – खानेपानी मन्त्री महिन्द्रराय यादवले काठमाण्डाैवासीलाई मेलम्चीकाे पानी चाँडै खुवाउने बताउनुभएको छ ।

काठमाण्डाैवासीले मेलम्चीकाे पानी एक हप्ताभित्र व्यवस्था गर्न दबाब दिइरहेका बेला खानेपानी मन्त्री यादवले आज मङ्गलवार अर्थमन्त्री डा. प्रकाशशरण महतसँग छलफल गरेपछि सञ्चारकर्मीमाझ याे प्रतिबद्धता व्यक्त गर्नुभएको हो । खानेपानी उपभोक्तासँगै अर्थमन्त्री महतसँग भेट गर्नुभएका यादवले त्यसका लागि आवश्यक बजेटको व्यवस्था गर्ने विषयमा अर्थ मन्त्रालयसँग सकारात्मक छलफल भएको पनि बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘यहाँ अर्थ मन्त्रालयमा खानेपानीको विषयमा छलफल भएको छ । सकारात्मक कुरा भएको छ । हामी फेरि बसेर छलफल गरेर पानी ल्याउने प्रक्रिया हामी अगाडि बढाउँछौँ । छिटोभन्दा छिटो हामी काठमाण्डाैवासीलाई पानी खुवाउँछौँ ।’

काठमाण्डाैवासीले भने एक हप्ताभित्र मेलम्चीको पानीकाे व्यवस्था गर्न सरकारलाई दबाब दिएका छन् । एक हप्ताभित्र पनि पानी काठमाण्डाै ल्याउने व्यवस्था नगरे सरकारविरुद्ध आन्दोलन गर्ने उनीहरूको चेतावनी छ । कोटेश्वरका स्थानीय हरि गौतमले अर्थमन्त्रीसँगको भेटमा मेलम्चीकाे पानी एक हप्ताभित्र काठमाण्डाै आउने गरी आवश्यक बजेटको व्यवस्था गर्न माग गरिएको बताउनुभयो । उहाँका अनुसार ११ करोड ५० लाख ६६ हजार रुपैयाँ हेलम्बुका स्थानीयले माग गरेको रकम सरकारले तत्काल उपलब्ध गराए खानेपानी ल्याउने काममा देखिएको अवरोध हट्नेछ ।

हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले मेलम्चीको पानी काठमाण्डाै ल्याउने कुरामा हेलम्बुवासीले अवरोध नगरेको स्पष्ट पार्नुभएको छ । मङ्गलवार अर्थमन्त्रीसँगको भेटपछि उहाँले सञ्चारकर्मीमाझ याे कुरा बताउनुभएकाे हाे । अध्यक्ष शेर्पाले स्थानीयसँग गरेको सम्झौताअनुसारको बजेट भने तत्काल व्यवस्था गर्न सरकारलाई दबाब दिनुभयो ।

अन्तिम अपडेट: साउन ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया