काेशीलाई हराउँदै आर्मी सेमिफाइनलमा

 मंसिर १२, २०८० मंगलबार १६:३९:५९ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै – विभागीय टाेली त्रिभुवन आर्मी क्लब समूह 'डी' काे विजेताका रूपमा केपी ओली कप टी–२० क्रिकेट प्रतियाेगिताकाे सेमिफाइनलमा पुगेकाे छ । आज मङ्गलवार भएकाे खेलमा आर्मीले काेशीलाई ३९ रनले हरायाे ।

आर्मीले दिएकाे १ सय ८७ रनकाे लक्ष्य पछ्याएकाे काेशी १८ ओभर २ बलमा १ सय ४७ रनमा अल आउट भयाे । काेशीका साेनु अन्सारीले सर्वाधिक ४४ रन बनाए । यस्तै समिर कार्कीले ३४ र सुजन थपलियाले २१ रन जाेडे । बलिङतर्फ आर्मीका साेमपाल कामी र विवेक यादवले समान २ विकेट लिए ।

यसअघि पाेखरा रङ्गशालामा टस जितेर ब्याटिङ गरेकाे आर्मीले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ८६ रन बनायाे । आर्मीका भीम सार्कीले सानदार अर्धशतक बनाए । उनी २४ बलमा ५३ रन बनाएर आउट भए । यस्तै सन्ताेष कार्कीले ५० र राेहित पाैडेलले २३ रन जाेडे । बलिङतर्फ काेशीका श्रवण यादवले ३ र कमल खत्रीले २ विकेट लिए ।

याेसँगै सेमिफाइनल समीकरण पूरा भएकाे छ । यसअघि समूह 'ए' बाट बाग्मती प्रदेश, समूह 'बी' बाट सशस्त्र प्रहरी बलकाे एपीएफ क्लब र समूह 'सी' बाट मधेस सेमिफाइनलमा पुगेका थिए ।

सेमिफाइनल खेल मङ्सिर १४ गते हुनेछ । पहिलो सेमिफाइनलमा बाग्मती र आर्मी तथा दोस्रो सेमिफाइनलमा मधेस र एपीएफ खेल्नेछन् । फाइनल खेल मङ्सिर १५ गते हुनेछ ।

अन्तिम अपडेट: साउन ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया