झन्डै २ करोडको कारोबारसहित अनलाइन जुवा खेलाउने एक जना काँडाघारीबाट पक्राउ

 मंसिर १२, २०८० मंगलबार १७:२६:१८ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै – झन्डै दुई करोड रुपैयाँको कारोबारसहित प्रहरीले अनलाइन जुवा खेलाउने एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाण्डौको कागेश्वरी मनोहरा नगरपालिका–७ का आकाश रेग्मी रहेका छन् ।

उनले अनलाइन ग्याम्बलिङ र क्यासिनो गेमहरूमा अनलाइनमार्फत बाजी राख्दा पैसा जितिन्छ भन्ने विश्वास दिलाएर हार/जित हुनेगरी सट्टेबाजी गरेको प्रहरीले जनाएको छ । विशेष सूचनाका आधारमा हिजो साेमवार रेग्मीको घरमा छापा मार्दा अनलाइन जुवा खेलाउने सामग्रीसहित पक्राउ गरेको काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

उनको साथबाट दुई लाख २४ हजार रुपैयाँ र तीन सय अमेरिकी डलर, आईफोन, ल्यापटप लगायतका सामग्री पनि बरामद भएको छ । उनले विभिन्न एकाउन्टमा महिनैपिच्छेको हिसाबकिताब राखेको र मोबाइलमा अनलाइन जुवा खेल्दा पैसाको कारोबार हुने सिस्टम पनि देखिएको प्रहरीले जनाएको छ । उनले राखेको हिसाबकिताब अनुसार एक करोड ९५ लाख ९५ हजार रुपैयाँको अनलाइन जुवा र सट्टेबाजी भएको देखिएको प्रहरीले जनाएको छ ।

अन्तिम अपडेट: बैशाख २७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया