१९ वर्षमुनिकाे एसिया कपका लागि नेपाली टाेलीकाे घाेषणा

 मंसिर १२, २०८० मंगलबार १८:३२:७ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै – एसीसी १९ वर्षमुनिकाे एसिया कपका लागि नेपाली टाेलीकाे घाेषणा भएकाे छ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले आज मङ्गलवार १४ सदस्यीय टाेलीकाे घाेषणा गरेकाे हाे ।

टाेलीकाे कप्तानी देव खनालले गर्नेछन् । टाेलीमा खनालसहित अर्जुन कुमाल, आकाश त्रिपाठी, दीपकप्रसाद डुम्रे, हेमन्त धामी, गुल्शनकुमार झा, दिपेशप्रसाद कँडेल, विशाल विक्रम केसी, सुवाश भण्डारी, दीपक बाेहरा, उत्तम रङ्गु थापा मगर, विपिन रावल, तिलकराज भण्डारी र आकाश चन्द छन् ।

१९ वर्षमुनिकाे एसिया कप डिसेम्बर ८ देखि डिसेम्बर १७ सम्म यूएईमा हुँदैछ । नेपाल समूह 'ए' मा परेकाे छ । याे समूहमा नेपालसहित भारत, पाकिस्तान र अफगानिस्तान रहेका छन् । नेपालले पहिलाे खेलमा पाकिस्तानसँग डिसेम्बर ८ मा खेल्नेछ । यस्तै नेपालले दोस्रो खेलमा अफगानिस्तानसँग डिसेम्बर १० मा खेल्नेछ । नेपालले समूह चरणको अन्तिम खेलमा भारतसँग डिसेम्बर १२ मा खेल्नेछ ।

यसअघि मलेसियामा भएकाे एसीसी १९ वर्षमुनिकाे प्रिमियर कप क्रिकेट कपकाे उपाधि जित्दै नेपालले एसिया कपमा स्थान बनाएकाे थियाे । यस्तै यूएई उपविजेता र जापान तेस्राे स्थानमा रहँदै एसिया कपमा पुगेका हुन् ।

अन्तिम अपडेट: साउन ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया